सबैले संयमता अपनाउन आवश्यक रहेको सरोकारवालाहरुको भनाई

सबैले संयमता अपनाउन आवश्यक रहेको सरोकारवालाहरुको भनाई
ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, २० पौष
नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमहरुले सिर्जना गर्न सक्ने अप्रिय घटनाहरु नहुन भन्नका लागि सबैले संयमता अपनाउन आवश्यक रहेको कञ्चनपुरको महेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सोमवार संवाद समुह कञ्चनपुरले नेपाली काग्रेस पार्टी निकट नेपाल विद्यार्थी संघ तथा तरुण दलका युवा नेता तथा कार्यकर्ताहरुसंग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले देशको वर्तमान विषम परिस्थितिका बेला सबैले संयमता अपनाउन आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध नेताहरुले लोकतान्त्रिक विचार भएकाहरुले कहिले पनि हिशाको बाटो नरोज्ने र लोकतान्त्रिक विचार सिर्जना गर्नका लागि पहल गर्ने धारणा राखेका छन् । उहाहरुले वर्तमान विषम परिस्थितिका बेला आफुहरु सदैव संयम हुने र अरुलाई संयम हुन आग्रह गर्ने बताएका हुन् ।

 विगतमा पनि राजनीतिक आन्दोलन हुदा समेत आफुहरुले शान्तिपुर्ण तरीकाले आन्दोलन गरेको बताउदै तरुण दल तथा नेपाल विद्यार्थी संघका प्रतिनिधीहरुले आगामी दिनमा पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आएपनि अरुको विचार र भावनालाई सम्मान गर्दे संयमताका साथ गर्ने बताएका छन् । असहमति भए वा कुनै असझदारी भएमा पनि कुनै जातजाति वा समुदायलाई असर नपर्ने गरी आफ्नो विरोध राख्न सकिने भएपनि हिशांको बाटो भने कसैले पनि रोज्न नहुने संवाद समुहका प्रशिक्षक तुलसी जोशीले बताउनु भयो । संवाद समुह कञ्चनपुरका सदस्य प्रकाश जोशीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा संवाद समुहका सहजकर्ता गगन खत्रीले कार्यक्रमको उद्येश्यबारे जानकारी गराउनु भएको थियो भने संवाद समुहका प्रशिक्षक तुलसी जोशीले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

 कार्यक्रममा कृष्णराज भट्ट, गणेश भट्ट, सरद चन्द, राज बहादुर चन्द, रमेश चटौत, महेश भट्ट, प्रकाश थापा, शंकरदत्त अवस्थी लगायत नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । संवाद समुह कञ्चनपुरले यसअघि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विभिन्न भातृ संघसंगठनहरुसंग पनि अन्र्तक्रिया कार्यक्रम गरी सकेको छ । साथै वर्तमान विषम परिस्थितिमा पत्रकारहरुले संयमताका साथ समाचार तथा अन्य सामाग्री प्रकाशन प्रसारण गर्नुपर्ने भन्दै पत्रकारहरुसंग पनि अन्र्तक्रिया गरिएको थियो । संवाद समुहले यस्ता अन्र्तक्रिया कार्यक्रमकै उपलब्धिस्वरुप पछिल्लो समय विभिन्न पक्षहरुमा संयमताको विकास भएको जनाएको छ ।

सम्बन्धित

Comments are closed.