सोमवार सुदुरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सोमवार सुदुरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३२ जना र डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा २ जना गरी कुल ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका २९ जना, कञ्चनपुरका १ जना, डडेल्धुराका २ जना, दार्चुला र डोटीका १÷१ जना छन् । सोमवार ३४ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ६ सय ८७ जना रहेको छ । तीमध्ये ११ हजार ३२ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् भने ५१ जना कोरोना संक्रमितको हालसम्म ज्यान गइ सकेको छ । सुदुरपश्चिम प्रदेशमा २ हजार ६ सय ४ जना भने कोरोनाका संक्रिय संक्रमित रहेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.