कञ्चनपुरका एक जना युवकलाई गोली लागेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को भनाई,

 कञ्चनपुरका एक जना नेपालीलाई गोली लागेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) बताएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १, बलयलबन्द स्याउले टोलका १६ वर्षीय नरेश सुनारमाथि सोमवार साँझ भारतीय वन क्षेत्रमा गोली लागेको थियो ।

 तर, भारतीय एसएसबीले घटनामा आफ्नो संलग्नता नै नरहेको दावी गरेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सीमा क्षेत्रमा तैनाथ भारतीय एसएसबीले सो घटनामा आफनो कुनै संलग्नता नरहेको जनाएको छ । एसएसबीलाई उद्धृत गर्दै उहाले सीमा क्षेत्रमा तैनाथ कुनैपनि युनिटबाट गोली चलाउने लगायतका कार्य भएका छैनन् भनेर जवाफ आएको बताउनु भयो ।

 जनबाहनी नेपालले कञ्चनपुरको दोधाराचाँदनीका नेपाली नागरिकमाथि गोली प्रहार गर्ने भारतीय निकायलाई कार्बाहीको माग अघि सारेको छ । जन बाहीनी नेपालका केन्द्रीय संयोजक सिरोमणी कुमार ओझा(सुर्य)ले घाईते नरेश सुनारलाई भेटेर नेपाली नागरिकमाथि गोली हान्नेलाई कार्बाहीको माग गर्नु भएको हो । उहाले जे सुकै गल्ती गरेको भए वा नभए पनि नेपाली नागरिकमाथि गोली प्रहार हुनु राष्ट्रियतामाथि खतरा भएको बताउँदै सरकारले निःशुल्क उपचार, क्षतिपूर्ति, पीडकलाई कार्बाहीको माग अघि सार्नु भएको हो ।

 भारतीय पक्षबाट नेपाली नागरिक माथि भएको गोली प्रहारको घटना हुँदा समेत सरकारको उपस्थिति नहुनुबाट सरकार आफ्नै नागरिकप्रति गैर जिम्मेबार रहेको उहाको आरोप छ । सीमामा हुने यस्ता किसिमका घटनाहरु आगामी दिनमा नहुन भन्नका लागि सरोकारवालाहरुले यसमा ध्यान दिन आवश्यक रहेको जन बाहनी नेपालका केन्द्रीय संयोजक सिरोमणी कुमार ओझा(सुर्य)ले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.