व्यावसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र राष्ट्रिय मुक्त हलिया समाज केन्द्र कञ्चनपुरको साझेदारीमा सञ्चालित ४५ दिने हातेहोजियारी तालिम मंगलवार सम्पन्न
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र राष्ट्रिय मुक्त हलिया समाज केन्द्र कञ्चनपुरको साझेदारीमा सञ्चालित ४५ दिने हातेहोजियारी तालिम मंगलवार सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ मा रहेको मुक्त हलिया बस्तीका १९ जना महिलाहरुलाई हातेहोजियारी तालिम दिइएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहारले जानकारी दिनु भयो ।
उहाका अनुसार मुक्त हलिया महिलाहरुलाई आत्मनिर्भर बनाउन सघाउ पुगोस् भन्ने उद्येश्यले तालिम सञ्चालन गरिएको हो । मंगलवार तालिमको समापन कार्यक्रमका सभापति राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहार, प्रमुख अतिथि राष्ट्रिय मुक्त हलिया महासंघका केन्द्रिय अध्यक्ष ईश्वर सुनार, विशिष्ट अतिथि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरका नायब सुब्बा रामेश्वर भट्ट रहनु भएको थियो ।