सुदुरपश्चिम प्रदेशमा बुधवार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशलामा भएको परीक्षणमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कैलालीका ६ जना र कञ्चनपुरका १ जना रहेका छन् ।
बुधवार ७ जना कोरोना संक्रमित थपिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना सत्रंmमितको कुल संख्या १३ हजार ७ सय ३५ जना पुगेको छ । तीमध्ये ११ हजार १ सय २ जना कोरोनामुक्त भइ सकेका छन् भने २ हजार ५ सय ८२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । सुदुरपश्चिम प्रदेशमा हालसम्म ५१ जना कोरोना संक्रमितको भने ज्यान गइसकेको छ । सुदुरपश्चिम प्रदेशमा हालसम्म १ लाख ३३ हजार ८ सय २२ जनाको स्वावको नुमना संकलन गरिएकोमा १ लाख ३२ हजार ८ सय २२ को स्वावको नमुना जाच गरिएको छ ।
जसमध्ये १ लाख १९ हजार ८७ जनाको स्वावको नमुनाको जाचको परीक्षण नतिजा नेगेटिभ आएको छ भने १३ हजार ७ सय ३५ जनाको स्वावको नमुना परीक्षण रिर्पाेट पोजेटिभ आएको छ । संकलित स्वामध्ये ४ सय ७२ जनाको स्वावको नमुनाको परिक्षणको नतिजा आउन बाकी रहेको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments are closed.