कञ्चनपुरमा रहेको विपन्न तथा गरिब घरपरिवारलाई माइती नेपाल कञ्चनपुरको सामुदायिक भान्छा अभियान अन्तर्गत खाना वितरण गरियो

 कञ्चनपुरमा रहेको विपन्न तथा गरिब घरपरिवारलाई माइती नेपाल कञ्चनपुरको सामुदायिक भान्छा अभियान अन्तर्गत खाना वितरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को जमुनाघारी क्षेत्रमा बुधवार २ सय ५० जना गरिब तथा विपन्नहरुलाई खाना बितरण गरिएको हो । यसअघि पनि माइती नेपाल कञ्चनपुरले विभिन्न स्थानीय तहमा विपन्न परिवारका करीब १४ हजार जनालाई पौष्टिक खाना वितरण गरेको थियो ।

 कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका विपन्न परिवारका महिला तथा बालबालिकाहरुका लागि गत असार १६ गतेदेखि नै सामुदायिक भान्सा तथा पौष्टिक खाना वितरण अभियान सञ्चालन गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार लामो समयसम्म भएको बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै सम्बन्धित स्थानीय तहसँगको सहकार्य तथा युएन वुमनको आर्थिक सहयोगमा माइती नेपालले उक्त अभियान सञ्चालन गरेको संयोजक भट्टले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.