सुदूरपश्चिमका २४ जना भलिबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने

 सुदूरपश्चिमका २४ जना भलिबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। भलिबलका प्रतिभावान खेलाडी छनोट कार्यक्रम अनुसार छात्रृवृत्ति दिन लागिएको हो । सुदुरपश्चिम प्रदेशभरबाट १२ जना पुरुष र १२ जना महिला खेलाडीलाई छात्रवृत्ति दिन छनोट गरिने प्रशिक्षक जगदीश भट्टले जानकारी दिनु भयो । उहाका अनुसार छनोटमा पर्ने ती खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ ।

 आगामी दुई वर्षभित्र राष्ट्रिय भलिबल खेलमा योगदान पु¥याउने उद्देश्य राखी यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउदै प्रशिक्षक भट्टले १८ वर्षमुनिका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइने बताउनु भयो । उहाका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइनेछ । पहिलो चरणको छनोटमा पर्ने खेलाडीलाई ६ महिनासम्म छात्रवृत्ति रकम उपलब्ध गराइनेछ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्नेलाई निरन्तरतासँगै नयाँ खेलाडीलाई समेत कार्यक्रममा समेटिने छ । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई निःशुल्क रुपमा विद्यालय शिक्षा समेत उपलब्ध गराइनेछ ।

सम्बन्धित

Comments are closed.