महेन्द्रनगर, २३ पौष
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको १९ औं साधारण सभा बिहीवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अतिथि कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धमेन्द्र झा, प्रेश काउन्सिल नेपालका सदस्य दिपक पाण्डेय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनी, रहनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरुले सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने धारणा राखेका थिए । साथै पत्रकारहरुको छाता संगठनको रुपमा रहेको पत्रकार महासंघ पत्रकारहरुले हकहितका लागि विगतका दिनमा काम गरेको र आगामी दिनमा पनि काम गर्नुपर्नेमा जोड दिएका छन् । साधारण सभामा आर्थिक वर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
Comments are closed.