झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने

बैतडी, २३ पौष
नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनु भयो । स्वास्थ्य सुरक्षाको आवश्यक प्रबन्ध मिलाएर नाका दुई दिन खोलिने उहाले बताउनु भयो । अत्यावश्यक काम परेकाहरुलाई आवतजावत गर्न दिइने बताउदै उहाले कामको प्रकृतिसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने बताउनु भयो ।

 जिल्ला प्रशासन कार्यालयको सिफारिसमा हप्ताको दुई दिन नाकाबाट आवतजावत दिइनेछ । विवाह र मृत्यु संस्कारका हकमा भने जुनसुकै बेला पनि नाका खोल्न सकिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिनु भयो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण गत चैतदेखि झुलाघाट नाका बन्द थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.