देश विकासमा आफु नेतृत्वको सरकारले अरु सरकारभन्दा बढी काम गरेको प्रधानमन्त्री ओलीको दाबी,

  प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा आफु नेतृत्वको सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुग्नु भएका प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गर्नु भएको हो । सुदूरपश्चिम प्रदेशको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सुदुरपश्चिम प्रदेशमा रहेका प्राकृतिक स्रोतको चर्चा गर्नु भएको थियो ।

  सुदूरसँगै नेपाल पनि पछि परेको उहाले बताउनु भयो । सुदूरलाई पछि पार्ने कुनै तागत कसैको अब नहुने बताउदै प्रधानमन्त्री ओलीले सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या, सुकुमबासीका र सिँचाइका समस्या रहेको कुरा आफुले बुझेको बताउनु भयो । दोधारा चाँदनीका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै प्रधानमन्त्री ओलीले सिँचाइको समस्या समाधान हुने आश्वासन दिनु भयो । पञ्चेश्वर परियोजना पनि अघि बढाइने बताउदै प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको बताउनु भयो । साथै उहाले कैलालीको अत्तरिया धनगढी बाटो बेलैमा अघि बढाइने आश्वासन समेत दिनु भयो ।

  गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने समेत प्रधानमन्त्री ओलीले बताउनु भयो । सेती लोकमार्ग र महाकाली करिडोरको काम बढिरहेको बताउदै प्रधानमन्त्री ओलीले दार्चुलाको छाङ्रुसम्मको बाटो मोटरेबल हुने पनि बताउनु भयो । विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले पश्चिम सेतीलाई अब भने अघि बढाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो । मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको बताउदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने बताउनु भयो । हरेक नेपालीले स्वास्थ्य उपचार निशुल्क पाउनुपर्नेमा उहाले जोड दिनु भयो ।

  यस्तो कृषि प्रधान देशमा बाहिरबाट किनेर खानुपर्ने भएकाले यसको समाधानका लागि सरकार लागिपरेको प्रधानमन्त्री ओलीले बताउनु भयो । पछिल्लो समय देशमा विकास बढेको भन्दै सरकारले कालोपत्रे सडक बनाउन निकै ध्यान दिएको उहाले बताउनु भयो । अहिलेसम्म ४ हजार ५ सय भन्दा बढी किलोमिटर बाटो बनाएका उहाले दाबी गर्नु भयो । भारतसँगको सम्बन्ध, आफ्ना अधिकार सुरक्षित राखेर भूमि सुरक्षित राखेर लिम्पियाधुरा, कालापानी लगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गरेको प्रधानमन्त्री ओलीले बताउनु भयो । कहिल्यै एकमत नभएको संसद त्यसबेला एक भएको भन्दै उहाले केहीलाई छटपटी भएको भन्दै नेपालको भूमि समेटेर नक्सा ल्याउँदा सुदुरपश्चिम प्रदेशको मान्छेलाई टाउको दुखेको पनि टिप्पणी गर्नु भयो ।

  साथै प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि चुनावमा १० सिट जितेर देखाउन चुनौती दिनु भएको छ । प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिनु भएको हो । प्रतिनिधिसभा विघटनको विरोधमा पार्टी विभाजन गरेको आरोप लगाउँदै ओलीले प्रचण्ड नेपाल समूहलाई यस्तो चुनौती दिनु भएको हो । उहाले नुहाउँदा पनि दुई चार केस झरेर जाने हुँदा केही व्यक्ति छुट्टिएर जादैमा पार्टीलाई केही असर नपर्ने दाबी समेत गर्नु भयो ।

सम्बन्धित

Comments are closed.