गणेश सामुदायिक वन उपभोक्ता समुहद्धरा आफ्नो २० औं वार्षिक साधारण सभा पुर्व टोल सभालाई तीव्रता दीइयो

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको गणेश सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २० औं वार्षिक साधारण सभा पुर्व टोल सभालाई तीव्रता दिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मा टोल सभालाई निरन्तरता दिइ रहेको गणेश सामुदायिक वन उपभोक्ता समुहले आज शुक्रवार वेदकोट नगरपालिका वडा नम्बर ७ मा टोलगत सभा गरेको छ । सो सभाका सभापति कृष्णदेव पन्त रहनु भएको थियो भने प्रमुख अतिथि बैजनाथ भजन किर्तन समुहका अध्यक्ष समेत रहनु भएका धर्मराज पाण्डेय रहनु भएको थियो ।

 त्यसैगरी विशिष्ट अतिथिमा संवाद समुहका प्रशिक्षक एवम् सहजकर्ता तुलसी जोशी रहनु भएको थियो । टोल सभामा बोल्ने वक्ताहरुले प्राकृतिक स्रोत साधनको संरक्षण गर्नका लागि सामुदायिक वन उपभोक्ता समुहका सम्पुर्ण पदाधिकारी तथा उपभोक्ता र सरोकारवालाहरुको भुमिका आवश्यक हुने बताएका छन् । कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै संवाद समुहका प्रशिक्षक समेत रहनु भएका तुलसी जोशीले सामुदायिक वनबाट काठ, दाउरा लगायतका वन पैदावारलाई वितरण गर्दा सबैभन्दा बढि प्राथमिकता विपन्न नागरीकले पाउनु पर्नेमा जोड दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.