कञ्चनपुरमा नेपाली काग्रेसद्धारा संसद विघटनको विरोधमा विरोध प्रदर्शन

 कञ्चनपुरमा पनि नेपाली काग्रेसले संसद विघटनको विरोधमा विरोध प्रदर्शन गरेको छ । नेपालका ३ सय ३० वटै प्रादेशिक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने नेपाली काग्रेसको केन्द्रिय कार्यक्रम अनुसार कञ्चनपुरका पनि ६ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो । कञ्चनपुरको प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ को ख मा प्रादेशिक निर्वाचन क्षेत्र नम्बर २ को ख का सभापति करनसिहं ऐरको सभापतित्वमा सम्पन्न भएको विरोध सभा कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य बलदेव बोहरा रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाली काग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति हरी बोहरा रहनु भएको थियो ।

 विरोध सभामा कञ्चनपुरको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काग्रेसका क्षेत्रीय सभापति दल बहादुर बोहरा, नेपाली काग्रेसका नेतृ तुलसी जोशी, जनबाहिनी नेपालका केन्द्रिय संयोजक शिरोमणि ओझा लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । विरोध सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य बलदेव बोहराले वर्तमान सरकारले चालेको कदम असंवैधानिक भएको बताउदै यसले निरंकुशता ल्याउने बताउनु भयो । संविधानलाई नै धरापमा पार्ने गरी वर्तमान सरकारले संसद विघटन गरेकाले नेपाली काग्रेस बाध्य भएर विरोधमा उत्रिएको बताउनु भयो ।

 विरोध सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसकी नेतृ एवम् समाजसेवी तुलसी जोशीले वर्तमान सरकारले जनताको जनमतको अनादर गरेकाले नेपाली काग्रेस अहिले सडकमा आउन बाध्य भएको बताउनु भयो । नेपाली काग्रेस लोकतान्त्रिक पार्टी भएकाले संविधान, लोकतन्त्र र जनता भन्दा माथि कोही हुदैन भन्ने मान्यता राखेको नेपाली काग्रेसले राखेको उहाले बताउनु भयो । संसद विघटनको विषय अहिले सर्वाेच्च अदालतमा गएकाले अदालतले गरेको निर्णय नेपाली काग्रेसले मान्ने काग्रेस नेतृ जोशीले बताउनु भयो । वर्तमान सरकारले आन्तरीक भागबण्डाका कारण देशमा यस्तो विषम परिस्थितिको सिर्जना गरिएको बताउदै नेपाली काग्रेका नेतृ जोशीले देश र जनताको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई माथि राख्दा जनताका अपेक्षा पुरा नसकेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.