कैलाली र कञ्चनपुरका थप १४ जनामा शनिवार कोरोना भाइरसको सङ्क्रमण पुष्टि,

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिवार १ सय ४९ जनाको स्वावको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउनु भयो ।

 सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जनामा, टिकापुर नगरपालिकाका ४ जनामा, जानकी गाउपालिकाका १ जनामा र कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित

Comments are closed.