सुदुरपश्चिम प्रदेशमा आइतवार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुदुरपश्चिम प्रदेशमा आइतवार थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा झण्डै १ सय बढी नमूना परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ४ जनाको नमुना परिक्षण गर्दा थप २८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिनु भयो ।

 जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ५१ जनाको नमूना परीक्षण गर्दा १२ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ३४ जनाको नमूना परीक्षण गर्दा ६ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १९ जनाको नमूना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताउनु भयो । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ८८ पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.