प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेका भन्दै कैलालीको धनगढीमा विरोध स्वरुप बयलगाडा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीले असंवैधानिक ढङ्गले संसद विघटन गरेको, देशमा अस्थिरता निम्ताएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह समर्थक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो ।
विरोध प्रर्दनशलाइ सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले व्यक्तिगत स्वार्थका कारण ओली पक्षमा खेलेका सुदूरपश्चिमका नेताको समेत पतन हुने चेतावनी दिनु भयो । प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूको माग छ । तत्काल संसद पुनर्स्थापित नभए कडा आन्दोलनमा उत्रिने विद्यार्थी सङ्गठनको चेतावनी छ । धनगढीको क्याम्पस चोकदेखि पार्क मोड सम्म बयलगाडा ¥याली प्रदर्शन गरिएको थियो ।