नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाको साधारण सभा सोमवार सम्पन्न

 कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मा रहेको नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाको साधारण सभा सोमवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाका सभापति जनकराज जोशीको सभापतित्वमा सम्पन्न भएको सो साधारण सभा कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाका सभापति टेकराज उप्रेती रहनु भएको थियो ।

 नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाका सदस्य हर्केश बिष्टले स्वागत मन्तव्य राख्नु भएको सो साधारण सभा कार्यक्रममा उपशाखाका सचिव मदन देउवाले कार्य प्रगति विवरण पेश गर्नु भएको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाका कोषाध्यक्ष हिक्मत बिष्टले आर्थिक विवरण पेश गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाका उपसभापति यज्ञराज चटौतले नेपाल रेडक्रस सोसाइटीको उद्येश्यबारे जानकारी गराउदै नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाले गरेका कामको विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।

 नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को जोखिमलाई न्युनीकरण गर्ने उद्येश्यले उपशाखा क्षेत्र भित्र रहेका भीमदत्त नगरपालिकाका ६ वटा वडाहरु वडा नम्बर ११, १२, १३, १४, १६ र १७ का सबै सामुदायिक विद्यायलमा सेनिटाइजर, माँस्क तथा हात धुने साबुन वितरण समेत गरेको छ । कोभिड १९ महामारीको जोखिम न्युनीकरण गर्न सहयोग पुगोस भन्ने उद्येश्यले सो सामाग्रीहरु वितरण गरिएको र आगामी दिनमा यस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गर्नुका साथै सामाजिक चेतना फैलाउने नेपाल रेडक्रस सोसाइटी बासखेडा उपशाखाले जनाएको छ ।

सम्बन्धित

Comments are closed.