उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको स्वार्थका कारण पार्टी फुटेको आरोप लगाउनु भएको छ । कैलालीको अत्तरियामा नेपाल कम्पुनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षको नगरस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले दुवै जनाको स्वार्थ मिलेपछि अहिलेको गुटको समिकरण भएको र एकतालाई भाड्ने काम बैशाखबाट सुरु भएको बताउनु भयो ।
त्यस्तै मन्त्री भट्टले प्रचण्डको योजना माधव नेपालको काधमा बन्दुक राखेर केपीलाई पड्काउने भएको बताउनु भयो । मन्त्री भट्टले सचिवालमा भएका ५ जनाले आफूलाई मात्रै सम्झेको बताउनु भयो । उहाले अझै पनि आगामी दिनमा बसै एकै ठाउँमा हुन सक्ने बताउनु भयो । हिजो जनयुद्ध लडेको माओवादी र एमाले एउटै हुन्छन भनेर कसैले कल्पना नगरेका बताउदै मन्त्री भट्टले अहिले एमाले–एमाले एक ठाउँ माओवादी –माओवादी एक ठाउँ हुनुपर्ने कुरा भइ रहेको बताउनु भयो । साथै मन्त्री भट्टले अब पछाडी फर्कीन सम्भव नरहेको बताउनु भयो ।
अहिले दुवै पार्टी विकासको लागि एक ठाउँमा आएको बताउदै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अब पुर्व एमाले, पुर्व माओवादी नभएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताउनु भयो ।