बाजुरामा तीन नाल भरुवा बन्दुकसहित चार जना पक्राउ

 बाजुराको बडिमालिका नगरपालिकाबाट तीन नाल भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय वीरभाने ल्वार, बडिमालिका नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा छन् ।

 उनीहरूलाई रजालीबाट तीन नाल भरुवा बन्दुक, बन्दुकमा लाग्ने गोली ३९ टुक्रा, चार डिब्बा बारुद, फलामको बन्दुकको एक थान नाल र चाप सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकामाथि हातहतियार खरखजना ऐनअनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.