सुदूरपश्चिम प्रदेशमा भुवा पर्वको अवसरमा बुधवार सार्वजनिक बिदा

 सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा बुधवार सार्वजनिक बिदा दिइएको छ । फरक फरक ठाउँ र समयअनुसार सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा मनाइने भुवा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा वर्षेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.