भुवा पर्व बुधवार कञ्चनपुरमा पनि मनाइयो

भुवा पर्व बुधवार कञ्चनपुरमा पनि मनाइयो
जयदेव जोशी
महेन्द्रनगर, २९ पौष
भुवा पर्व बुधवार कञ्चनपुरमा पनि मनाइएको छ । खप्तड समाज कञ्चनपुरको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी भुवा पर्व मनाइएको हो ।

  खप्तड समाज कञ्चनपुरका अध्यक्ष महेन्द्रबहादुर खड्काको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसमा आमन्त्रित केन्द्रिय सदस्य यज्ञराज जोशी रहनु भएको थियो भने विशिष्ट अतिथि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली काग्रेसमा आमन्त्रित केन्द्रिय सदस्य जोशीले संस्कृति भनेको पहिचान भएकाले आफ्नो संस्कृति आफ्नो पहिचानको संरक्षणका लागि सबैले भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले सुदुरपश्चिमका ९ ओटै जिल्लामा रहेका लोक संस्कृति जगेर्ना गर्नका लागि पाठ्यपुस्तक नै तयार गरि अध्यापन गराउने आफुहरुको योजना रहेको बताउनु भयो । सुदुरपश्चिमाञ्चल विद्यालयले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका लोक संस्कृतिको संरक्षणमा आफ्नो तर्फबाट विशेष भुमिका निर्वाह गर्ने उहाले बताउनु भयो । साथै उहाले संस्कृतिको संरक्षणका लागि सबैले भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा भुवा पर्वको पृष्ठभुमि तथा महत्वका विषयमा साहित्यकार तथा पण्डित लक्ष्मीकान्त जोशीले जानकारी गराउनु भएको थियो ।

 कार्यक्रममा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी, महाकाली साहित्य संगमका अध्यक्ष हरीष जोशी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भुवा नाँच समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.