शान्तिका लागि संवाद अभियान अन्र्तगत कञ्चनपुरको महेन्द्रनगरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न,

 संवाद समुह कञ्चनपुरले सञ्चालन गरी रहेको शान्तिका लागि संवाद अभियान अन्र्तगत आइतवार नेपाली काग्रेस कञ्चनपुरका प्रतिनिधी तथा नेपाली काग्रेस निकट विभिन्न संघसंस्थाका प्रतिनिधीहरुसंग अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति हरी प्रसाद बोहरा, महिला संघ कञ्चनपुरका सभापति मधु भारती, नेपाल दलित संघ कञ्चनपुरका सभापति गणेश नेपाली, संवाद समुहका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाली काग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति बोहराले नेपाली काग्रेसले विगतका दिनहरुमा पनि शान्तिपुर्ण तरिकाले आफ्नो धारणा राखेको बताउदै आगामी दिनमा पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आएपनि आफुहरुले शान्तिपुर्ण तरिकाले गर्ने बताउनु भयो । संवाद समुहले पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर अप्रिय घटना नहुन भन्नका लागि सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम गरी रहेकोमा खुसी व्यक्त गर्दै उहाले विषम परिस्थितिमा पनि नेपाली काग्रेस शान्तिपुर्ण रुपमा अघि बढ्ने बताउनु भयो ।

 संवाद समुहले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएका दुई फरक समुहसंग आवद्ध व्यक्तिहरुसंग समेत अन्र्तक्रिया गर्न आवश्यक रहेको नेपाली काग्रेस जिल्ला कार्य समिति कञ्चनपुरका सभापति हरी प्रसाद बोहराले बताउनु भयो । कार्यक्रममा बोल्दै महिला संघ कञ्चनपुरका सभापति मधु भारतीले जुनसुकै नाममा पनि हुने विरोध तथा आन्दोलनमा महिलाहरुप्रति संवेदनशील हुन आवश्यक रहेको बताउनु भयो समयसमयमा आन्दोलन तथा विरोधका कार्यक्रममा गलत शब्दहरुको प्रयोग भइ रहेको पाइएकाले ती कार्य रोक्नका लागि समेत सम्पुर्ण सरोकारवालाहरुले आवश्यक पहल गर्न आवश्यक रहेको भारतीले बताउनु भयो ।

 साथै उहाले संवाद समुह समावेशीताको आधारमा गठन भएको हुदा सबैका अधिकारका लागि काम गरी राखेकाले आफुलाई खुसी महशुस भएको बताउनु भयो । अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल दलित संघ कञ्चनपुरका सभापति गणेश नेपालीले संवाद समुहलाई धन्यवाद दिदै आन्दोलन नै गर्नुपर्ने अवस्था आएमा पनि शान्तिपुर्ण तरिकाले गर्ने बताउनु भयो । साथै उहाले दलितहरुको आवाजलाई पनि बुलन्द पार्नका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरीदिनु पर्ने बताउनु भयो ।

 अन्र्तक्रिया कार्यक्रममा स्वागत मन्तव्य संवाद समुहका प्रशिक्षक तुलसी जोशीले राख्नु भएको थियो भने संवाद समुहका प्रशिक्षक गगन खत्रीले कार्यक्रमको उद्येश्यबारे प्रकाश पार्नु भएको थियो । संवाद समुहका सदस्यहरु लिलाध्वज बस्नेत, भगवती थापा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन संवाद समुहका सदस्य मधु बोहराले गर्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.