नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६७ हजार ६ सय ४४ जना पुग्यो

  नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६७ हजार ६ सय ४४ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७४ जना कोरोना मुक्त भएसंगै कोरोना मुक्त हुनेको कुल संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।

 सोमबारसम्म नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ६१ जना रहेको छ । यसैविच पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ६५ जना पुगेको छ ।

सम्बन्धित

Comments are closed.