डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटना अन्य पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय रामभरोसा राना रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनु भयो । उहाका अनुसार घाइतेहरुको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला सदरमुकामबाट कुस्माली गाउँ जाँदै गरेको से१त ३८१३ नम्बरको ट्याक्टर ओरालो कच्ची सडकबाट केही तल खसेको हो ।
Comments are closed.