सुदुरपश्चिम प्रदेशमा मगंलवार थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुदुरपश्चिम प्रदेशका तीन ओटा प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पछिल्ले २४ घण्टामा भएको परीक्षणमा ४ जनामा, डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा १ जनामा र जिल्ला अस्पताल बझाङमा रहेको प्रयोगशालामा भएको परीक्षणमा ३ जनामा गरी कुल ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा कैलालीका ३ जना, कञ्चनपुरका १ जना, बझाङका ३ जना र डडेल्धुराका १ जना रहेका छन् ।