सुदुरपश्चिम प्रदेशमा बुधवार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको कुल संख्या १ हजार ४ सय ६४ जना पुगेको छ । हालसम्म १ ला ३५ हजार १ सय २८ जनाको स्वावो नमुना संकलन गरीएकोमा १ लाख ३४ हजार ७ सय ३२ जनाको स्वावको नमुना जाच गरिएको छ ।
Comments are closed.