कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ चुनेपानी क्षेत्रमा राखिएका ५ सय भन्दा बढि सामुदायिक पशु चौपायाहरुलाई बुधवार निशुल्क खोप दिइएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका पशु सेवा शाखाको आयोजनामा वेदकोट नगरपालिका वडा नम्बर ६ मा सिद्धसरोवर गौ व्यवस्थापन समितिले वेदकोट नगरपालिकाको समन्वयमा संरक्षण गर्दै आएका ५ सय भन्दा बढि सामुदायिक पशु चौपायालाई निशुल्क खोप दिइएको वेदकोट नगरपालिका पशु सेवा शाखाका प्रमुख पशु स्वाथ्य अधिकृत तर्कराज भट्टले जानकारी दिनु भयो ।
पशु स्वास्थ्य अधिकृत भट्टका अनुसार सामुदायिक पशु चौपायालाई निशुल्क रुपमा भ्यागुते, टरटरे र खोरेत रोग विरुद्धको खोप लगाइएको हो । भ्यागुते र टरटरे रोग लागेमा पशु चौपाया मर्ने तथा खोरेत रोग लागेमा पनि ठुलो क्षति हुने गरेको पशु स्वास्थ्य अधिकृत भट्टले बताउनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिकाको पशु सेवा शाखाका प्राविधिकहरुको टोलीले जनप्रतिनिधीहरुको सहभागितामा सामुदायिक पशु चौपायालाई खोप लगाएको हो । बुधवार बिहान ११ बजेदेखि खोप लगाउने कार्यक्रम सञ्चालन गरीएको वेदकोट नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।