युवा उद्यमशिलता लक्षित कार्यक्रम सञ्चालन गर्न युवा उद्यमी मञ्च कैलालीको माग

 सुदूरपश्चिम प्रदेश सरकारलाई युवा उद्यमशिलता लक्षित कार्यक्रम सञ्चालन गर्न नेपाली युवा उद्यमी मञ्च कैलालीले आग्रह गरेको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई युवा उद्यमी क्षेत्रमा लगानी र युवा स्वरोजगारीको कार्यक्रममा सञ्चालन गर्न आग्रह गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको युवा उद्यमी क्षेत्रमा लगानी, युवा स्वरोजगारीको अवस्था तथा आर्थिक गतिविधिसहितको तथ्यांक बंैक स्थापनाको माग गरिएको मञ्चकी अध्यक्ष हिरा भण्डारीले बताउनु भयो ।

 विभिन्न ८ बुँदे माग राख्दै मञ्चले आफु त्यसमा सहयोग र सहकार्य गर्न तत्पर रहेको जनाएको छ । सुदुरपश्चिम प्रदेशको आर्थिक समृद्धि र औद्योगिक विकासमा युवाहरुको बढि भन्दा बढि सहभागिता गराई नयाँ क्षेत्रमा लगानी आकर्षण गरी रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि नेपाली युवा उद्यमी मञ्च कैलालीले आग्रह गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तुत भएको बजेटमा ७ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । सरकारद्धारा निर्धारित लक्ष्य र वर्तमान समयमा वैदेशिक रोजगारीबाट फर्केर आएका जनशक्तिलाई दृष्टिगत गर्दै त्यस्ता वर्गलाई दक्षता अनुसार स्वदेशी उद्योग÷व्यवसायमा रोजगारी उपलब्ध गराउन नेपली युवा उद्यमक मंच र प्रदेश सरकारको सहकार्यमा रोजगार मेलाको आयोजनाका लागि समेत अनुरोध गरिएको छ ।

सम्बन्धित

Comments are closed.