सुदुर पश्चिम बिश्वबिद्यालयमा भौतिक रुपमै उपस्थित भई कक्षा संञ्चालन हुन थालेपछि बिद्यार्थी खुशी

सुदूरपश्चिम विश्व विद्यालयले आज देखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको छ । कोरोनाका कारण विगत महिनौ देखी ठप्प रहेको सुदूरपश्चिम विश्व विद्यालयका कक्षाहरु आज देखी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको हो ।

अझै कोरोनाको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गरेको विश्व विद्यालयले जनाएको छ । महामारीको क्रममा विश्व विद्यालयले अनलाइन परीक्षा सञ्चालन गरेको थियो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले अनलाइन कक्षा सँगै विश्वविद्यालयले अनलाइन परीक्षा समेत सम्पन्न गरेको बताए ।

जिल्लाको हकमा अन्य क्षेत्रमा पनि कलेज सञ्चालन भइरहेका छन् । अन्य जिल्लामा पढाइ भइरहेकाले विद्यार्थीको अनुरोध अनुसार सामाजिक दूरी कायम गरेर भए पनि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नेे जोशीले बताए ।

पुस ६ गते देखि अनलाइन कक्षा सञ्चालन गरेको विश्व विद्यालयले एक सूचना जारी गर्दै भोलि माघ ८ गतेदेखी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा सञ्चालन हुने भएपछि विद्यार्थी भने खुसी भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.