कञ्चनपुरमा प्रहरीले बिहीवार भन्सार छलि ल्याइएका सामान बरामद गरेको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कवाट भन्सार चोरी पैठारी गरि भारतबाट ल्याइएको लेडिज उलन सुट पिस ९६ थान, बिडी ८२ बण्डल र खुल्ला बिडी ५५० पोका गरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अन्दाजी एक लाख ६६ हजार ९ सय रुपैया बराबरका ती सामानहरु बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कार्बाहीको लागि कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।
Comments are closed.