डोटीमा पनि निर्वाचन सम्बन्धी गतिविधिहरु सुरु भएको छ । डोटीमा पनि निर्वाचन सम्बन्धी गतिविधिहरु अघि बढेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासीले बताउनु भयो । उहाले निर्वाचनको तयारीका विषयमा सरोकारवालाहरुसँग एक चरणको छलफल भएको बताउनु भयो ।जिल्ला निर्वाचन कार्यालय प्रमुख मलासीका अनुसार २०७४ सालमा भएको निर्वाचनभन्दा यस निर्वाचनमा १० प्रतिशत बढी मतदाता थपिनेछन् । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार चार सय महिला र ४९ हजार एक सय ४३ पुरुष गरी एक लाख ६ हजार पाँच सय ४३ मतदाता रहेका थिए ।
अहिले कुल मतदाता संख्या एक लाख १७ हजार ६ सय १७ रहेका बताउदै निर्वाचन कार्यालय डोटीका प्रमुख मलासीले माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समय तोकिएको बताउनु भयो । उहाले माघ १५ देखि २१ सम्म नौ वटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको जानकारी दिनु भयो । त्यो अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख दलबहादुर मलासीले बताउनु भयो ।