कञ्चनपुरका नौवटै पालिकाका विभिन्न वडाहरुमा नेपाली काग्रेसद्धारा विरोध प्रदर्शन
कञ्चनपुरका नौवटै पालिकाका विभिन्न वडाहरुमा नेपाली काग्रेसले विरोध प्रदर्शन गरेको छ । कञ्चनपुरका नौवटै पालिकाका विभिन्न वडाहरुमा विरोध ¥याली तथा विरोध सभाको आयोजना गरीएको थियो । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम नगरेको तथा संविधान विपरीत संसद विघटन गरेको विरुद्धको नेपाली काग्रेसको आयोजनामा कञ्चनपुरका नौवटै पालिकाका वडाहरुमा विरोध ¥याली तथा विरोध सभाको आयोजना गरीएको थियो ।
यसैविच कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा पनि विरोध सभाको आयोजना गरीएको थियो । वेदकोट नगरपालिका वडा नम्बर ७ का नेपाली काग्रेसका वडा सभापति पुष्पराज बोहराको सभापतित्व रहेको कार्यक्रममा पुर्व सासंद बाशुदेव भट्टको प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि संविधान सभा सदस्य बलदेव बोहरा रहनु भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै पुर्व सासंद भट्टले लोकतन्त्र रहे मात्रै जनताको अधिकार रहने बताउदै वर्तमान सरकारले संसद विघटन गरेर निरंकुशता ल्याउन खोजेको बताउनु भयो ।
सरकारले गरेको संविधान विपरीतको कार्य विरुद्ध नेपाली काग्रेस जनताको हकका लागि आन्दोलन गर्न बाध्य रहेको समेत पुर्व सासंद भट्टले बताउनु भयो । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बलदेव बोहराले वर्तमान नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान अनुसार काम नगरेको बताउनु भयो । विरोध सभालाई सम्बोधन गर्दे नेपाली काग्रेसकी नेतृ तुलसी जोशीले वर्तमान सरकारले जनताले दिएको जनादेशको अवमुल्यन गर्दै असंवैधानिक तरिकाले संसद विघटन गरेकाले नेपाली काग्रेसले त्यसको विरोध गरेको बताउनु भयो । संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा अदालतले निर्वाचन गर्ने फैसला गरेपनि नेपाली काग्रेस जनतासामु जान तयार रहेको र संसद पुर्नस्थापन भएपनि त्यो निर्णयको समर्थन गर्न तयार रहेको नेपाली काग्रेसकी नेतृ तुलसी जोशीले बताउनु भयो ।
वर्तमान सरकार गैरसंवैधानिक रुपमा निरंकुशतातिर अघि बढेमा भने नेपाली काग्रेसले त्यसको विरोध गर्ने उहाले बताउनु भयो । नेपाली काग्रेसले जनतालाई झुठो आश्वासन नदिने बताउदै नेतृ जोशीले नेपाली काग्रेसले जनतासंग गरेका वाचा सदैव पुरा गर्ने गरेको बताउनु भयो । साथै उहाले सरकारले आफुलाई काम गर्न नदिएको भन्ने कुरा गलत रहेको बताउदै आन्तरीक पदको खिचातानीले असंवैधानिक तरिकाले संसद विघटन गरिएको बताउनु भयो ।