सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

 सुदूरपश्चिम प्रदेशमा शुक्रवार १ सय ३७ जनाकोे नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा १ सय ३७ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनु भयो ।

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय २८ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुस्टि भएको कार्कीले बताउनु भयो । त्यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा १ जनाको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उहाले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.