प्रतिनिधि सभा निर्वाचनका लागी कञ्चनपुरमा जिल्ला निर्वाचन कार्यालयद्धारा प्रारम्भिक तयारी तिव

 नेपाल सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागी कञ्चनपुरमा जिल्ला निर्वाचन कार्यालयले प्रारम्भिक तयारी तिव्र पारेकोे छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरद्वारा महेनद्रनगरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिaया कार्यक्रममा त्यस्तो जानकारी दिइएको हो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उदय राज जोशीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीमा जुटिरहेको बताउनुभयो ।

 उहाँले यही माघ १५ गतेदेखि २१ गते सम्म जिल्लाभर मतदाता नामावली सच्याउने (दाबी बिरोध) कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहमा नै मतदाता नामावली सच्याउने काम गरिने र उक्त कार्यका लागी सहायक दर्ता अधिकारीका लागि आइतवार देखी महेन्द्रनगरमा तालिम आयोजना गरिने जानकारी दिनुभयो । कञ्चनपुरमा करिब २ लाख ७७ हजार ५९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रममा अध्यक्षता गर्दै कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले सरकारले निर्वाचन घोषणा गरेकाले त्यसलाई सफल पार्न सवैले आ–आफ्नो तहवाट सहयोग गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.