वर्तमान राजनीतिक घटनाक्रमहरुले निम्त्याउन सक्ने अप्रिय घटनाहरु नहुन भन्नका लागि संवाद समुहले कञ्चनपुरले शान्तिका लागि संवाद अभियानलाई जारी राखेको छ । वर्तमान राजनीतिक घटनाक्रमहरुलाई मध्यनजर गर्दै आगामी दिनमा कुनै पनि किसिमका अप्रिय घटनाहरु नहुन भन्नका लागि संवाद समुह कञ्चनपुरले विभिन्न सरोकारवाला पक्षहरुसंग निरन्तर संवाद गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिदै संवाद समुह कञ्चनपुरले आइतवार कञ्चनपुरका दलित समुदायका अगुवा तथा जनप्रतिनिधीहरुसंग अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा कार्यक्रमका बारेमा संवाद समुहका प्रशिक्षक एवम् सहजकर्ता तुलसी जोशीले जानकारी गराउनु भएको थियो भने सहजकीकरण संवाद समुहकै प्रशिक्षक एवम् सहजकर्ता गगन खत्रीले गर्नु भएको थियो । कार्यक्रममा दलित महिला संघकी नेतृप्रमिला जैरु, आरक्षपीडित दलित संघर्ष समितिका प्रतिनिधी खडक एसके, नेपाल दलित संघ कञ्चनपुरका जिल्ला सभापति गणेश नेपाली, दलित विद्यार्थी साझा मञ्चका केन्द्रिय अध्यक्ष पवन नेपाली, भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडासदस्य पुष्पा जैरु, भीमदत्त नगरपालिका वडा नम्बर ६ की वडा सदस्य सुनकेसा नेपाली, भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा सदस्य नारद सुनार लगायत संयुक्त दलित संघर्ष समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै दलित महिला संघकी नेतृ प्रमिला जैरुले सबै दलित समुदायले आफ्नो हक अधिकारको लागि एक हुनुपर्ने बताउदै संवाद समुहले दलित समुदायका मुद्धामा सहजीकरण गराएकोमा सराहना व्यक्त गर्नु भयो । यस्तै वर्तमान राजनीतिक घटनाक्रम र दलित समुदायको हक र अधिकारका लागि आफुहरुले आन्दोलन गरेपनि त्यो आन्दोलन शान्तिपुर्ण हुने नेपाल दलित संघ कञ्चनपुरका जिल्ला सभापति गणेश नेपालीले बताउनु भयो । कार्यक्रममा आफ्नो धारणा राख्दै भीमदत्त नगरपालिका वडा नम्बर ६ की वडा सदस्य सुनकेसा नेपालीले टोलटोलबाट दलित महिलाहरुका लागि बजेट छुट्याइने भएपनि नगरपालिकामा पुगेर त्यो बजेट काटिने गरेको गुनासो गर्दै यस विषयमा पनि संवाद समुहले सहजीकरण र संवाद गरिदिनु पर्ने बताउनु भयो । भीमदत्त नगरपालिका वडा नम्बर ४ का वडासदस्य पुष्पा जैरुले संवाद समुहले गरेको कार्यका लागि धन्यवाद व्यक्त गर्दै दलित समुदायका लागि अझै मुद्धाहरु उठान गरी सहजीकरण गरीदिन हुन आग्रह गर्नु भयो । यसैगरी भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा सदस्य नारद सुनारले संवाद समुहले दलित समुदायको हक अधिकार र वर्तमान राजनीतिक घटनाक्रमका विषयमा संवाद गरेकोमा धन्यवाद दिदै यस्ता कार्यहरु महत्वपुर्ण हुने बताउनु भयो । यसअघि पनि संवाद समुह कञ्चनपुरले कञ्चनपुरमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधी, राजनीतिक दल निकटका संघसंगठनका प्रतिनिधी, पत्रकार लगायत सरोकारवालाहरुसंग अन्र्तक्रिया गरिसकेको छ ।
Comments are closed.