थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि आयोजना गरीएको तीन दिने माघी मेला आइतवार सम्पन्न

  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि आयोजना गरीएको तीन दिने माघी मेला आइतवार सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को कार्यालयले माघ ९ गतेदेखि ११ गते आइतवारसम्म तीन दिन आयोजना गरेको माघ मिलन कार्यक्रम थारु सग्रहालय व्यवस्थापन समितिका अध्यक्ष पल्टा चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

   शुक्लाफाटा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बहादुर सिह महरा विशिष्ट अतिथि रहनु भएको थियो । भगवती सामुदायिक वन पारीफाँटा र बैजनाथ सामुदायिक वन फुलेलीले आर्थिक सहयोग गरेको माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको प्रस्तुती रहेको थियो । आइतवार सम्पन्न भएको कार्यक्रममा कलाकार, बडघर तथा स्वयमसेवक सहित ८० जनालाई सहयोग गरेबाफत सम्मान पत्र प्रदान गरीएको छ । कार्यक्रमको सञ्चालन समाजसेवी भागिराम चौधरीले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.