कैलालीको धनगढीका एक युवकको हत्यामा संलग्न भएको आरोपमा ४ जना पक्राउ

 कैलालीको धनगढीका एक युवकको हत्यामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर ६ जालीका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  उनीहरुमाथि धनगढी उप–महानगरपालिका वडा नम्बर ६ जालीका २५ वर्षीय दुःखराम चौधरीको हत्या गरेको आरोप लागेको छ । दुःखराम २०६२ साल साउन ११ गते राति बेपता भएकामा १२ गते विहान धानको खेतबारीमा मृत फेला पर्नु भएको थियो । उहाको हत्या भएको भन्दै पक्राउ परेका ४ जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता भएको थियो । त्यही दिनबाट फरार रहेका उनीहरुलाई १५ वर्षपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.