बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जना सार्वजनिक,

 बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो । उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो ।

 छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो । खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ । सिंहको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताउनु भयो । कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरि उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.