होटल व्यवसायी संघ कञ्चनपुरले सीमा नाका गड्डाचौकी सहज रुपमा सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको छ । उद्योगm व्यापार, यातायात, हवाई आवागमन सबै खुलिसकेको र कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिन समेत नेपालमा आइसकेको अवस्थामा कञ्चनपुरको गड्डाचौकी नाका भारतीय, नेपाली तथा अन्य मुलुकका पर्यटक आवागमन गर्न सहज रुपमा खोलिदिन होटल व्यवसायी संघ कञ्चनपुरले माग गरेको छ ।
गड्डाचौकी नाका नेपालकै प्रमुख नाका मात्र नभई यो क्षेत्रका नागरीक र व्यवसायी समेतका लागि प्रमुख आर्थिक गतिविधि हुने नाका भएकाले वर्तमान अवस्थामा सहज परिस्थिति निर्माण गरी आवश्यक स्वास्थ्यका मापदण्ड अपनाई निर्वाध रुपमा होटल व्यवसाय एवं अन्य पर्यटकीय गतिविधि एवं यातायात र उद्योग व्यापार समेत सञ्चालनको अनुमतिका लागि अनुरोध छ, विज्ञप्तिमा भनिएको छ । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशभन्द्र भट्ट र महासचिव रामचन्द्र रेग्मीको हस्ताक्षर रहेको विज्ञप्तिमा गड्डाचौकी नाका सञ्चालनका लागि आग्रह गरीएको छ
Comments are closed.