कोरोना महामारीका कारण ठप्प रहेको बैतडी जिल्लाभित्रको व्यापार व्यवसाय पछिल्लो समय लयमा फर्किदै गएको छ । कोरोनाको जोखिम हुन नदिन सरकारले गएको चैत महीनादेखि बन्दाबन्दी घोषणा गरेसँगे बैतडीमा पनि सबै व्यापारिक कारोवार प्रायः ठप्प रहेका थिए । पहिल्ला केही महीनादेखि बन्दाबन्दी खुकुलो गर्दै व्यापार व्यवसाय यातायात खोल्ने सरकारको निर्णयपछि भने बैतडीका बजार पनि खुलेका हुन् ।
बजार खुलेसँगै व्यापार व्यवसाय पनि लयमा फर्किन थालेको बताइएको छ । कोरोना कहरले गर्दा निकै घाटा व्यहोरेका व्यापारीको व्यापारिक कारोवार बल्ल ठीक ठाउँमा आइ रहेको व्यापारीहरुले बताएका छन् । बैतडीको नाका भएर बैतडीलगायतका जिल्लामा उत्पादन हुने ठूलो परिमाणको घ्यू भारत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गाईभैँसी पाल्ने घट्दै जाँदा घ्यूको निर्यात पनि निकै कम परिमाणमा हुने गरेको जनाइएको छ । यस्तै नेपालमा उत्पादित तरकारीलगायतका कृषिउपज पनि यो नाका हुँदै भारत जाने गरेको छ ।
Comments are closed.