संसद विघटनका विरोधमा सोमवार कञ्चनपुरमा पनि विरोध प्रदर्शन
महेन्द्रनगर, १९ माघ
संसद विघटनका विरोधमा सोमवार कञ्चनपुरमा पनि विरोध प्रदर्शन गरिएको छ । नेपाली काग्रेसका विभिन्न भातृ संघ संगठनहरुले वर्तमान सरकारले गरेको संसद विघटनको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको हो ।
नेपाल दलित संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल अपांग संघ लगायतका नेपाली काग्रेसका भातृ संगठनका प्रतिनिधीहरुको सहभागितामा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्याली प्रदर्शन पश्चात विरोध सभाको समेत आयोजना गरिएको थियो । नेपाली काग्रेसका नेता भोजराज बोहराको प्रमुख आतिथ्यता रहेको सो विरोध सभामा नेपाली काग्रेसका विभिन्न भातृ संघ संगठनका प्रतिनिधीहरुले विरोध सभालाई सम्बोधन गर्दै सरकारले गरेको संसद विघटनको विरोध गरेका हुन् ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता भोजराज बोहराले वर्तमान सरकारले संसद विघटन गरेर जनमतको खिल्ली उडाएकाले नेपाली काग्रेसबाध्य भएर सडकमा आएको बताउनु भयो । विरोध सभामा बोल्दै महिला संघ कञ्चनपुरका सभापति मधु भारतीले वर्तमान सरकारले जनताको मतको अपमान गरेको बताउनु भयो । विरोध सभालाई सम्बोधन गर्दै नेपाल महिला संघका केन्द्रिय सदस्य रमिता देउवाले वर्तमान सरकारले संसद विघटन गरेर असंवैधानिक निर्णय गरेको बताउनु भयो । विरोध सभा कार्यक्रममा बोल्दै नेपाल दलित संघ जिल्ला समिति कञ्चनपुरका सभापति गणेश नेपालीले सरकारले जनताको ईच्छा, आकांक्षा पुरा गर्नमा ध्यान दिनुको सट्टा संसद विघटन गरेर असंवैधानिक कार्य गरेको बताउनु भयो । विरोध सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरुले वर्तमान सरकारले संसद विघटन गरेर संविधानलाई उपेक्षा गरेको र सर्वसत्तावाद ल्याउन खोजेको बताएका छन् ।