कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिगरी ल्याइएका सामानहरु बरामद गरेको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका विभिन्न स्थनबाट भन्सार छलि गरी ल्याइएका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ ङ गाउ स्थित अवैध रुपमा भन्सार छलिगरी, चोरी पैठारी भईरहेको छ भन्ने बिशेस सुचनाको आधारमा चौध हजार रुपैया बराबरको चिनि बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी शुक्रवार आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो । यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ७ टेडिया स्थित बिहीवार राती अन्दाजी ८ बजेर ३० मिनेटकोसमयमा अबैध रुपमा भंसार छलि ओसारपोसार गरेका केराऊ १० कट्टा अन्दाजी १२ हजार ५ सय का र अन्दाजी ५० हजार रुपैया मुल्य भएको फ्रिज बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो सामान बेवारिशे अवस्थामा फेला पारी बरामद गरि आवश्यक कारबाहिको लागि शुक्रवार त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो ।
यसैगरी बिहीवार नै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मछलीपुल स्थित कञ्चनपुरको लालझाडी गाउपालिका वडा नम्बर ४ जाई बस्ने वर्ष ३५ का मान सिह रानाले चलाएको से २ प ४४४८ नम्बरको मोटरसाइकल र सोही ठाउँ बस्ने वर्ष ३३ का रामदाश रानाले चलाएको से.१ प.१४७० नम्बरको मोटरसाइकलमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको अन्दाजी १४ हजार ३ सय रुपैया मुल्य बराबरको ६५ किलोगा्रम माछा बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ती बरामद गरिएका माछा स्थानिय व्यापारी, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु समेतको रोहोबरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो । उहाका अनुसार अन्य विभिन्न स्थानबाट अन्दाजी ९० हजार ८ सय रुपैया बराबरका सामानहरु बरामद गरी सरसमान आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय पठाईएको छ ।
Comments are closed.