नेपालमा कोरोना भाइरसका ९९ जना सङ्क्रमित थपिए,

 नेपालमा कोरोनाभाइरसका ९९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ । यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका २ सय ४८ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोना कुल संक्रमितमध्ये दुई लाख ६७ हजार ८ सय १२ जना सङ्क्रमित निको भएका छन् ।

 हाल एक हजार ९ सय ५९ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७ सय ९५ वटा आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म २० लाख ९१ हजार १ सय ६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । नेपालमा हालसम्म दुई हजार ३५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९५ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.