प्रतिनिधी सभा विघटनका विरुद्ध नेपाली काग्रेसका शुभेच्छुक संघ तथा युनियनहरुद्धारा कञ्चनपुरमा पनि शनिवार विरोध प्रदर्शन
प्रतिनिधी सभा विघटनका विरुद्ध नेपाली काग्रेसका शुभेच्छुक संघ तथा युनियनहरुले कञ्चनपुरको महेन्द्रनगरमा पनि शनिवार विरोध प्रदर्शन गरेका छन् । नेपाल टे«ड युनियन काग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन, प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल, प्रजातान्त्रिक चिकित्सक संघ, नेपाल प्रेस युनियन लगायतका नेपाली काग्रेसका शुभेच्छुक संघ तथा युनियनहरुले विरोध प्रदर्शन गरेका हुन् ।
वर्तमान सरकारले असंवैधानिक रुपमा संसद विघटन गरेकाले त्यसको विरोध स्वरुप प्रदर्शन गरिएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् । नेपाली काग्रेसका शुभेच्छुक संघ तथा युनियनहरुका प्रतिनिधीहरुले कञ्चनपुरको महेन्द्रनगर बजारको परिक्रमा गर्दै कालो मास्क लगाएर प्रतिनिधी सभा विघटनको विरोध जनाएका हुन् । विरोध प्रदर्शन पश्चात कोण सभाको आयोजना समेत गरिएको थियो । कोण सभामा बोल्ने वक्ताहरुले संसद विघटन गरेर वर्तमान सरकारले संविधान विपरित कार्य गरेको बताएका छन् ।
Comments are closed.