नेपाली काग्रेसको केन्द्रीय खेलकुद विभागले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आइतवार रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा नेपाली काग्रेसका नेता तथा कार्यकर्ता, नेपाल रेडक्रस सोसाइटी झलारी उपशाखाका पदाधिकारी, व्यवसायी, सशस्त्र प्रहरीका पदाधिकारी, जनप्रतिनिधीहरु लगायतले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा करीब ७० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटि उपशाखा झलारिका सभापति शेर वहादुर साउदले जानकारि दिनु भयो । रक्तदान कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका जिल्ला सचिव ईश्वरीप्रसाद जोशि, पुर्व सचिव भोजराज वोहरा, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख नगर प्रमुख दिल वहादुर ऐर, नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य ज्ञानेन्द्र सिंह, नेपाली काग्रेस शुक्लाफाँटा नगर सभापति जय वहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो ।
Comments are closed.