कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित दुधियाको वनमा बाघको आक्रमणमा परी एक जना गम्भीर घाइते हुनु भएको छ । शुक्रबार विहान करिब ७ बजेतिर दुधियाकै दुर्गा चौधरीलाई बाघले आक्रमण गरेको हो । सडकमा हिड्दै गर्दा गरेका उहाँलाई बाघले झम्टेर वनभित्र लगेको थियो । स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ जाँदै गरेका अटो चालक र त्यसमा बसेका यात्रुले बाघले मान्छेलाई झम्टेको देखेपछि दुधियावासीलाई बोलाएका थिए ।
बाघलाई धपाएर चौधरीको ज्यान जोगाएको जनाइएको छ । बाघले पछाडिबाट चौधरीको पिठ्यु र टाउकोमा पञ्जा हानेको भीष्म चौधरीले बताउनु भयो । दुधियाबाट बनकन्द्रीतर्फ जाने बाटोमा जङ्गल क्षेत्र पर्दछ । बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जनाइएको छ