दृष्टिबिहीन क्रिकेट संघ कञ्चनपुरको आठौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न

  दृष्टिबिहीन क्रिकेट संघ कञ्चनपुरको आठौ साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । दृष्टिबिहीन क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष अमर जोशीको सभापतित्व तथा दृष्टिबिहीन क्रिकेट संघ कञ्चनपुरका संस्थापक अध्यक्ष बलराम पन्तको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । सो अधिवेशनले भवेन्द्र सिहको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।

  सो नयाँ कार्य समितिमा उपाध्यक्षमा खेमा सापकोटा, सचिवमा बिमल डगौरा, सहसचिवमा हेम बहादुर खत्री, कोषाध्यक्षमा राजु डगौरा र सदस्यहरुमा समीर डगौरा र मीना खातीलाई चयन गरेको छ । नयाँ कार्यसमितिको शनिवार बसेको पहिलो बैठकले सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अन्तर प्रदेश स्तरीय दृष्टिबिहीन तीन दिवशीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने समेत निर्णय गरेको छ । सो प्रदेश स्तरीय दृष्टिबिहीन तीन दिवशीय क्रिकेट प्रतियोगिता यही फागुन १० गतेदेखि यही फागुन १२ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ ।

सम्बन्धित

Comments are closed.