शहीदहरुको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कंचनपुरले बैजनाथ धाम वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण

 जनयुद्ध तथा जन आन्दोलनका शहीदहरुको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कंचनपुरले बैजनाथ धाम वृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको छ । जनयुद्ध दिवशको अवशर पारी जनयुद्ध तथा जनआन्दोलनका शहीदहरुको सम्झनामा आयोजित उक्त खाद्यान्न तथा फलफुल वितरण कार्यक्रममा शहीदहरु प्रति एक मिनेट मौनधारण गर्दै वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको सम्मानमा खाद्यान्न तथा फलफुल वितरण गरिएको नेकपाका नेता राधाकृष्ण जोशीले बताउनु भयो । सो खाद्यान्न तथा फलफुल वितरण कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य कृपाराम राना र कलशा महराले शहीदको रगतको सम्मान गरिने बताउनु भयो ।

 यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य युवा नेता ओम बिक्रम भाट सरल र कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले शहीदहरुको सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बेदकोट नगरपालिका वडा नं ९ का अध्यक्ष राम धामी, बेदकोट नगरपालिका वडा नं २ का अध्यक्ष नरेश सिंह, नेकपा बेदकोटका नगर अध्यक्ष ललित बहादुर परियार, नेकपाका युवा नेता सिके भट्ट, प्रेस संगठनका कर्ण बहादुर चन्द, एकिकृत अखिल नेपाल शिक्षक संघका वरिष्ठ प्रदेश उपाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट, बेदकोट नगर विकास समितिका अध्यक्ष खगेश्वर बोहरा लगायतका नेकपा नेताहरुले बैजनाथ धाम वृद्धाश्रमका उपाध्यक्ष मोहन चन्दलाई खाद्यान्न तथा फलफूल हस्तान्तरण गरेका थिए ।

 २०५२ साल फागुन १ गते देखि नेपालमा शुरु भएको जनयुद्धका क्रममा राज्य पक्ष र बिद्रोही माओवादी पक्षबाट १४ हजार ६ सय ३७ जना नागरिक मारिएका थिए । जसमध्ये राज्यसत्ताबाट माओवादी तथा माओवादीका नाममा १० हजार १ सय १७ जनाको हत्या गरिएको थियो । १ हजार १ सय १५ जना बेपत्ता पारिएका थिए । यसैगरी तत्कालिन माओवादी तर्फबाट राज्यपक्ष वा अन्य गरि ३ हजार ४ सय ५ जनाको हत्या गरिएको थियो ।

सम्बन्धित

Comments are closed.