भुमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुसंग कञ्चनपुरका आरक्ष पीडितहरुको भुमि सम्बन्धि समस्याका विषयमा संवाद,

 आइतवार भुमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुसंग कञ्चनपुरका आरक्ष पीडितहरुको भुमि सम्बन्धि समस्याका विषयमा संवाद गरेको छ । संवाद समुह कञ्चनपुरको आयोजनामा भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष कमला बोहराको अध्यक्षतामा गरिएको संवाद कार्यक्रममा आरक्ष पीडित संघर्ष समितिका पदाधिकारी, भुमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी, जिल्ला समन्वय समिति कञ्चनपुरका पदाधिकारी, संवाद समुह कञ्चनपुरका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

 संवाद कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोगको कञ्चनपुर जिल्ला अध्यक्ष कमला बोहरा, सदस्यद्धय किशोर लिम्बु र रमेश भट्ट, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, जिल्ला समन्वय समिति कार्यालय कञ्चनपुरका प्रमुख हरीदत्त भट्ट, आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हीरासिह भण्डारी, संवाद समुह कञ्चनपुरका प्रशिक्षकद्धय तुलसी जोशी र गगन खत्री, संवाद समुह कञ्चनपुरका सदस्य बिष्णु अवस्थी, भगवती थापा र लिलाध्वज बस्नेत तथा पत्रकारहरुको सहभागिता रहेको थियो । संवाद कार्यक्रममा बोल्दै शुक्लाफाँटा आरक्ष पीडितहरुले आफुहरु भुमिहीन नभई आफुहरुको जमिन सरकारले आरक्षका नाममा लगेकाले आफुहरुको भुमि सम्बन्धी समस्या समाधानका लागि अलग्गै आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

आफुहरुलाई पुर्खाहरुको जमिनको मुल्यांकनका आधारमा जमिन उलपब्ध गरानु न्योयोचित नहुने आरक्ष पीडितहरुको भनाई रहेको छ । संवाद कार्यक्रममा बोल्दै भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष कमला बोहराले आयोगले भुमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र दलित भुमिहीनलाई जमिन तथा जग्गाधनी पुर्जा उपलब्ध गराउनका लागि पहल गरी रहेकाले आरक्ष पीडितका लागि भनेर अलग्गै व्यवस्था नगरीएको भएपनि अहिले लगत संकलन गर्दा सहभागी भइ दिन आग्रह गर्नु भयो । अहिले भुमि सम्बन्धि समस्या समाधान आयोगले जुन प्रारुपमा लगत संकलनका लागि फाराम भर्न लगाइ रहेको छ त्यसमा भएको व्यवस्था अनुसार लगत संकलनमा सहभागी भइदिन आग्रह गर्दै भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष बोहराले सो संकलित लगत भोलिका दिनमा आरक्ष पाीडितहरुको समस्या समाधान गर्नका लागि अलग्गै आयोग बनेपनि काम लाग्ने र अहिलेकै आयोगले पनि ऐनमा भएको व्यवस्था अनुसार जग्गा उपलब्ध गराउने बताउनु भयो ।

 साथै भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष कमला बोहराले आरक्ष पीडितहरुलाई जुन पालिका भित्र बसोवास रहेको थियो सोही अनुसारको जानकारी आउने गरी लगत संकलन गराउनुपर्नेमा जोड दिनु भयो । आफुहले आरक्ष पीडितहरुको समस्या समाधान गर्नका लागि सक्दो पहल गर्ने बताउदै भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष बोहराले लगत संकलनका लागि प्रमाण जुटाउन समस्या हुनसक्ने भएकाले त्यसमा मतदाता नामावली परिचय पत्र, आरक्ष पीडितहरुको समस्या समाधान गर्नका लागि विगतमा बनेका आयोगहरुले दिएका प्रमाणपत्र लगायत पेश गर्न सकिने बताउनु भयो । आफुले माथिल्लो तहसम्म पनि आरक्षपीडितहरुको समस्या समाधानका लागि पहल गर्ने बताउदै भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष बोहराले आफुले आरक्ष पीडितहरुको बसिरहेको स्थानको स्थलगत अवलोकन गरेर समस्या बारे अझै गहिरीएर बुझ्ने बताउनु भयो ।

 भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्षको जिम्मेवारी आफुहले पाएपछि यसरी पहिलो पटक संवाद गर्ने वातावरण मिलाइ दिएको भन्दै भुमि सम्बन्धी समस्या समाधान आयोगका कञ्चनपुर जिल्ला अध्यक्ष कमला बोहराले संवाद समुह कञ्चनपुरलाई धन्यवाद समेत दिनु भयो । सरोकारवालाहरुले खासै ध्यान नदिइ रहेका बेला संवाद समुहले यसरी आफुहरुको भुमि सम्बन्धि समस्या समाधानका लागि पहल गरी रहेको भन्दै आरक्ष पीडितहरुले संवाद समुहप्रति आभार व्यक्त गरेका छन् । संवाद समुह कञ्चनपुरले विगतका दिनमा आरक्ष पीडितहरुको समस्या समाधानका लागि गरेका कार्यहरुको विश्लेषण गरिएको कागजातहरु समेत भुमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी समक्ष पेश गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.