कञ्चनपुरमा प्रहरीद्धारा चोरी मुद्धामा फरार भएका एक व्यक्तिलाई पक्राउ

 कञ्चनपुरमा प्रहरीले चोरी मुद्धामा फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ का हरेन्द्रबहादुर धानुकलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६० सालमा अदालतको फैसलाले धानुकलाई १ महिना कैद र ५ हजार २ सय ५८ रुपैया जरिवाना सुनाएको थियो ।

 त्यसपछि फरार धानुकलाई घरबाटै पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पेश गराएकोमा अदालतले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.