कञ्चनपुरको भीमदत्त नगरपालिका नगरविकास कोषद्धारा सम्मानित,

 कञ्चनपुरको भीमदत्त नगरपालिकालाई नगरविकास कोषले सम्मान गरेको छ । आइतबार नगरविकास कोषले विकास निर्माणमा उत्कृष्ट नगरपालिकामा मूल्याङ्कन गरिएको भीमदत्त नगरपालिकालाई १ लाख रुपैया सहीत सम्मान गरेको हो । नगरविकास कोषले प्रत्येक वर्ष देशभरीबाट विकास निर्माणमा उत्कृष्ट हुने नगरपालिकालाई सम्मान गर्ने गरेको छ ।

 आर्थिक बर्ष २०७६÷७७ मा नगरविकास कोषले भिमदत्त नगरपालिकालाई देशभरीका नगरपालिकाहरु मध्येबाट विकास निर्माणका सन्दर्भमा प्रष्ट दृष्टिकोण रहेको भनी उत्कृष्ट मुल्यांकन गरेको थियो । आइतबार नगरविकास कोषको ३३ औ वार्षिकोत्सब समारोहकाविच नगरपालिकालाई सम्मान गरेको हो । भीमदत्त नगरपालिका यसअघि दुइपटक नगरविकास कोषबाट सम्मानित भइसकेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.